Logo

एमालेको सचिवालय बैठक आज पनि



काठमाडौं, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज (शनिबार) पनि बस्दैछ ।

हिजो शुक्रबारदेखि सुरु भएको सचिवालय बैठक आज बिहान ११ः३० बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार हिजोको बैठकमा पाँच जना उपाध्यक्षहरूले पार्टीको आगामी कार्यदिशा र चुनावी समीक्षा लगायतका विषयमा आ–आफ्ना धारणा राखेका छन् ।

सचिवालयका बाँकी १२ जना सदस्यहरूले आजको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको भट्टले बताए । साथै, आजको बैठकमा नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्