Logo

ढोल बजाएर सीमा समस्या समाधान हुँदैन : रवि लामिछाने



काठमाडौं, २२ जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हल्ला गरेर, ढोल बजाएर सीमा समस्या समाधान नहुने बताएका छन् ।

५ दिन लामो भारत भ्रमणबाट स्वदेश फर्किएका लामिछाने त्रिभुवन विमानस्थलमा आफूले भ्रमणका क्रममा सीमा समस्या बारे पनि कुरा उठाएको र कूटनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा छलफल भएको बताएका हुन् ।

उनले भने, ‘दुई देशबीचका कुनै पनि विषय कुटनीतिको माध्यमबाट, कुटनीतिक च्यानललाई एक्टिभ गराउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज एकदमै हल्ला गरेजस्तो, ढोल बजाएर हुँदैन । ढोल नबजाइकन आफ्नो देशको कुराहरु चरणवद्ध तरिकाले गर्नुपर्छ,’ ।

प्रतिक्रिया दिनुहोस्