Logo

देशभर नयाँ सार्वजनिक सवारी दर्ता रोक



काठमाडौं, ८ जेठ । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्णरूपमा रोक्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभाग ले सातै प्रदेशका मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्म नयाँ सार्वजनिक सवारी दर्ता नगर्न निर्देशन दिएको हो ।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण बढ्नुका साथै सडकमा सवारी चाप र ट्राफिक जामले आवतजावतमा समस्या थपिएको छ । बढ्दो इन्धन मूल्यका कारण यातायात क्षेत्रमा परेको असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा ९३० अनुसार विभागले विशेष अधिकार प्रयोग गर्दै यो निर्णय गरेको हो । उक्त कानुनी व्यवस्थाअनुसार वातावरण प्रदूषण, सडक अवस्था, सवारी चाप तथा सार्वजनिक हितलाई ध्यानमा राखेर सवारी दर्ता रोक्न सकिने प्रावधान छ ।

यो निर्णय विद्युतीय सार्वजनिक सवारी साधनमा पनि लागू हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्