Logo

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममै छलफल केन्द्रित रहने



काठमाडौं, ३१ वैशाख । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बुधबारको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, चालु अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पनि पेश गरिने तयारी छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि बिहान ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्