काठमाडौं, ६ जेठ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाह को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले विभिन्न विधेयक प्रस्तुत गर्नेछिन् ।
कार्यसूचीअनुसार मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।







