काठमाडौं, १३ असोज । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।
प्रधानन्यायाधीससँग भेटवार्ताका लागि आईजीपी कार्की अपरान्ह ४ बजे सर्वोच्च अदालत पुगेका थिए । भेटबाट कार्की झण्डै साढे ५ बजे मात्रै निस्किएका थिए ।
भेटमा प्रधानन्यायाधीस शर्माले पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई ११ घण्टा नियन्त्रणमा लिएको विषयमा जिज्ञासा राखेका थिए ।
थप अरू के कुरा भयो भन्ने खुलाइएको छैन ।






