काठमाडौं, ६ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई १२ घण्टे स्पष्टीकरण सोधेको छ।
सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीको केन्द्रीय अनुशासन समितिले ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको विषयलाई लिएर उनीहरूमाथि स्पष्टीकरण सोधिएको राप्रपाले जनाएको छ।
यसअघि राप्रपाले संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्यबाट निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट समेत हटाउने निर्णय गरिसकेको थियो।






