काठमाडौं, ९ असोज । प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति दिएका छन्। विकसित देशहरुको यो शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
राष्ट्रसंघको ८१ औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गरेका हुन्।
‘अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद ७२ घण्टाभित्र तोकिएको समयमा विश्वको जुनसुकै ठाउँमा पुग्ने संयन्त्र बनाउने विश्व नेपालका किसानका लागि मल र इन्धन अपूर्तिमा भने कमजोर छ’, बालेनले राष्ट्रसंघ महासभामा भने, ‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग प्रणाली भएको संसार बनाएका छोँ।’
भुक्तानी गर्नसक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने उनले बताए।
सम्बोधनमा उनले मुख्य ४ कुरा उल्लेख गरेका थिए। विकास र लोकतन्त्र उनको सम्बोधनमा परेका छन्।
‘म यहाँ विकास, लोकतन्त्र, शान्ति र युवा देशको आशाका बारेमा कुरा गर्न उपस्थित छु’, उनले भने।
राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत उनले सम्बोधन गरेका हुन्। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए ।






