Logo

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा मिसिल झिकाउन आदेश



काठमाडौं, १६ असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित मिसिल झिकाउने आदेश दिएको छ।

मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मुद्दासँग सम्बन्धित कागजात (मिसिल) झिकाउन आदेश दिएको हो।

पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। रिटमाथिको थप सुनुवाइ मिसिल प्राप्त भएपछि हुने अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्