झापा, ९ मंसिर । अर्जुनधारा नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका शिक्षकहरुलाई अपाङ्गता भएका बालबालिकाहरुको प्रारम्भिक पहिचान सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकार सामाजिक मन्त्रालय, एन एफ डि एन, करुणा फाउन्डेसन र अर्जुनधारा नगरपालिकाको संयुक्त आयोजना तथा शिक्षा युवा तथा खेलकुद शाखाको सहजीकरणमामा अपाङ्गता रोकथाम तथा पुनरस्थापना कार्यक्रम अन्तर्गत २८ वटा सामुदायिक बिद्यालयका Emis फोकल पर्सन शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरीएको हो ।
बिद्यालयमा रहेको अपाङ्गता सम्बन्धि बिद्यालयमा रहेका १० बर्ष सम्मका विद्यार्थीहरुको कार्यगत सिमितताको प्रारम्भिक पहिचान, प्रश्नावली अनुसार उनिहरुको बिवरण भर्ने र कुन किसिमको अपाङ्गता भएका विद्यार्थीहरु हुन पहिचान गरि स्थानीय शिबिरमा समन्वय गर्ने, रेफर गर्ने र १० बर्ष देखी माथी १७ बर्ष सम्मका अपाङ्गता पहिचान विद्यार्थीहरु रहे उनिहरुको पनि अभिभावक सहित रेफर गरि स्थानीय शिबिर वा स्थानीय सहजकर्तासग समन्वय कार्य गर्नका लागि यो तालिमको आयोजना गरिएको स्थानीय पालिका कोओडिनेटर अन्जना खत्रीले बताउनुभयो ।
अपाङ्गता भएका बालबालिका एवम् विद्यार्थीहरु पुर्णअसक्त, अतिअसक्त, मध्यमअसक्त र सामान्य अशक्त हुन् कुन किसिमका अपाङ्गता हुन सोही अनुसार उपचार र अद्ययन ब्यवस्थापन, छात्रवृत्ति, उनिहरुलाइ के कस्ता सीप सहयोग गरि आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उदेश्यका साथ तीन बर्ष सम्म यो कार्यक्रम निरन्तर रहने कार्यक्रमका जिल्ला संयोजक सन्जय शर्मा गुरागाइले बताउनुभयो ।
सम्पुर्ण बिद्यालयको Emis अनुसार विद्यार्थीहरुको तथ्याङ्क दुरुस्त र अपाङ्गता भएका विद्यार्थीहरु नछुटने गरि प्रवन्ध मिलाउन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचीव तोयानाथ रेग्मीले बताउनुभयो ।
दुई दिने तथ्यांक संकलन अभिमुखी कार्यक्रमको प्रमुख सहजकर्ता शिक्षा युवा तथा खेलकुद शाखा बुद्धशान्ति गाउँपालिकाका प्रमुख कमल प्रसाद निरौला रहनु भएको थियो ।
अर्जुनधारा नगरपालिकाकि उप प्रमुख खडगमाया पराजुलीको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत एवम् औचित्य प्रमुख प्रशासकिय प्रमुख अधिकृत तिलोचन रिमालले गर्नु भएको थियो भने अभिमुखी कार्यक्रम लाभदायक रहेको भन्दै प्रशिक्षार्थीहरु कन्चनबारी आ बिका प्रधानाध्यापक टन्क न्यौपाने, श्री आ बिकि प्रधानाध्यापक सुजाता शिवाकोटीले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखाकी प्राबिधिक सहायक समिरा दाहालले गर्नु भएको थियो ।