Logo

नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित



काठमाडौँ, २४ जेठ । थाइल्यान्डसंग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ ।

मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो ।

नेपालका लागि सृष्टि जैसीले अविजित ७ रन बनाइन्। यस्तै साना प्रविनले ६, अनु कडायतले ५, कृतिका मरासिनीले ३, अन्जली विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन । थाइल्यान्डकी नन्थिता बोसुखामले तीन विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो । थाइल्यान्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन् । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाइन् । नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिए ।

हारसँगै नेपाल चार खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यस्तै दोस्रो खेलमा १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई चार विकेटले हराएको थियो ।

थाइल्यान्डको यो लगातार चौथो जित हो । थाइल्यान्ड चार खेलमा आठ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्