Logo

कक्षा १२ काे नतिजा सार्वजनिक



काठमाडौँ, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

केही बेरअघि बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ ।

ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् (नन ग्रेडिङ) उल्लेख हुने बोर्डका अध्यक्ष शर्माले जानकारी दिए ।

यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैनन् । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या चार हजार एक सय ७९ रहेको छ ।

यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सङ्ख्या ३० हजार एक सय सात जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार दुई सय ८४ रहेको छ ।

परीक्षा बोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको सङ्ख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका सङ्ख्या १० हजार नौ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको सङ्ख्या ३५ मात्रै छ । नन ग्रेडिङ ल्याउनेको सङ्ख्या एक लाख ८८ हजार चार सय १० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्