Logo

सावित्राले श्रीलङ्का विरुद्धको खेल गुमाउने



काठमाडौँ, २७ भदौ । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियसिपअन्तर्गत आज हुने श्रीलङ्काविरुद्धको खेल गुमाउने भएकी छिन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्काविरुद्धको खेल गुमाउने निश्चित भएको हो ।

सावित्रालाई डेङ्गु देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताए । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गु देखिएको छ । उनहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ ।

यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेङ्गु सङ्कमण भएको थियो । नेपालले श्रीलङ्कासँग आज साँझ ५:३० बजे खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्