Logo

प्राविधिक शिक्षामा फड्को मार्दै प्रोलिफिक



मेचीनगर, २२ माघ । २१ औं शताब्दीको युग भनेको विज्ञान र प्रविधिको युग हो । प्रविधिको विकाससँग मानिसमा पनि प्राविधिक सिपमूलक तालिमको आवश्यकता पर्दछ । मानिसको दैनिक जीवन यापन सहज तरिकाले निर्वाह गर्ने हो भने उसमा सिप हुनु अत्यावश्यक छ । सिपमूलक तालिम प्राप्त गरेर सक्षम भएको मानिसलाई आजको अवस्थामा गाँस, बाँसको कुनै समस्या पर्दैन । सौद्धान्तिक ज्ञान हासिल गरेता पनि उसमा प्रयोगात्मक सिपमूलक ज्ञान छैन भने रोजगार प्राप्त गर्ने अवसरबाट वञ्चित हुन्छ र दैनिक जीवन सञ्चालनमा कठिनाई आइपर्छ त्यसैले दैनिक जीवन सञ्चालनमा सहजता ल्याउन विश्वप्रविधिसँग परिचित हुन, रोजगारमूलक बन्न सिपमूलक तालिम प्राप्त गर्नु अति आवश्यक छ ।

प्राविधिक शिक्षा मानिसको जीवनपर्यन्त चलिरहने एक प्रक्रिया हो । यसले व्यक्तिमा अन्तर्निहित क्षमताको विकास गर्नुका साथै समाज र देशको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक लगायत विभिन्न पक्षको वृद्धि र विकास गर्दछ । व्यक्तिलाई नयाँ ज्ञान, सीप, धारणाको माध्यमबाट नयाँ अवसर प्रदान गर्छ । व्यक्तिको व्यक्तित्व, आर्थिक, सामाजिक, विकासदेखि लिएर समग्र देशकै उन्नति गरी विश्वको अन्य मुलुकको दाँजोमा पुर्याउनको लागि प्राविधिक शिक्षा प्रथम आवश्यकता हो । त्यसैले कुनै पनि मुलुकको विकासको आधारशिला वा मेरुदण्ड नै प्राविधिक शिक्षा हो ।

यसै सन्दर्भलाई मध्यनजर गरी प्रोलिफिक कम्प्युटर सिस्टम मेचीनगर नगरपालिका वडा नं.१० मा विगत एक दशक अघि तल्कालिन अवस्था र आवश्यकतालाई मध्यनजर गरी यस क्षेत्रका मानिसहरुलाई गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो ।

आजको समाजमा प्राविधिक पक्षको आवश्यकता महसुस गरि मानिसहरुलाई जानकार बनाई प्राविधिक शिक्षा प्रदान गर्न यो संस्था सदैव आफ्नो स्तरबाट सक्रिय भुमिका निर्बाह गर्दैछ । आफ्नो स्थापनाकालदेखि नै मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा गुणस्तरीय कम्प्युटर तालिम प्रदान गर्दै आएको प्रोलिफिक कम्प्युटर सिस्टमले सेवा प्रदान गर्ने उद्देश्यका साथ आफ्नो शाखा कार्यालय विस्तार गरी आज देखि मेचीनगर नगरपालिका वडा नं.७ ईटाभट्टा चोकबाट उत्तर तर्फ रश्मिका फार्मेसीको माथिल्लो तल्लामा शाखा सञ्चालनमा ल्याएको छ । ।

उक्त शाखाको उद्घाटन आइतबार मेचीनगर नगरपालिकाका अधिकृत अनन्त वस्तीले गरेका थिए ।

प्रशिक्षार्थीहरुको माग र समस्यालाई मध्यनजर गर्दै सहजता पूर्व आवश्यक सबैमा प्राविधिक सिपमूलक तालिमको पहुँच पुर्याउन ईटाभट्टा शाखाले महत्वपूर्ण भूमिका निवार्ह गर्नेछ । मेचीनगर नगरपालिका अधिकांश वडाहरुमा प्राविधिक सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरु नरहेको अवस्थामा त्यस क्षेत्रका मानिसहरुले प्रविधिमूलक तालिम प्रदान गरि दैनिक जिवनयापनका सहज बनाउन र गुणस्तरीय कम्प्युटर तालिम प्रदान गरि दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने कुरामा प्रोलिफिक कम्प्युटर सिस्टम सदैव तत्पर रहने सञ्चालक नवराज भट्टराईले जानकारी दिए ।

हाल यहाँ गुणस्तरीय कम्प्युटरका सम्पूर्ण कोर्सहरु, कोरीयन, जापानिज र अंग्रेजी भाषाका कक्षाहरु, कक्षा ११, १२ र स्नातक तहका साथै प्राविधिक तर्फका सम्पूर्ण विषयहरुको कक्षाहरु समेत सञ्चालन भईरहेका साथै उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुको लागि उचित सल्लाह, सुझाव तथा परामर्श समेत प्रदान गर्ने गरिएको सञ्चालक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्