Logo

प्रवासी मजदुरमाथि हिंसाको अफवाहसँगै तमिलनाडुका नेपाली कामदार त्रासमा



भारत, २३ फागुन । दक्षिणी भारतीय राज्य तमिलनाडुमा बिहारका मजदुरमाथि हिंसा भइरहेको अफवाह फैलिएपछि उक्त राज्यका विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारहरूले पनि चिन्तित बनेको बताएका छन् ।

त्यस क्षेत्रमा नेपालीहरूलाई पनि “हिन्दीभाषी”का रूपमा व्यवहार हुने भएकाले आफूहरू त्रासमा बसिरहेको केही नेपाली कामदारले बताएका बीबीसीले जनाएको छ ।

प्रवासी नेपाली सम्बद्ध एउटा संस्थाका नेताले हालसम्म नेपालीहरूमाथि कुनै पनि खालको हिंसा नभएको भन्दै नडराउन नेपालीहरूलाई अपिल गरेका छन् ।

भारतस्थित नेपाली राजदूतले उक्त क्षेत्रका नेपाली नागरिकहरूसँग दूतावास निरन्तर सम्पर्कमा रहेको र  कुनै अप्रिय घटना भए दूतावासलाई तुरुन्तै जानकारी गराउन नेपाली समुदायलाई आग्रह गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्