Logo
  चैत्र १८, २०७९ शनिबार

इरानमा शरण लिएका पाँच हजार अफगानी स्वदेश फर्किए



इरान, २ चैत । इरानमा शरणार्थी जीवन बिताइरहेका करिब पाँच हजार अफगान नागरिक स्वदेश फर्केका छन् ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज चार हजार नौ सय ८६ जना अफगानी स्वदेश फर्केका जनाएको हो ।

उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशम शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ । बितेका छ महिनामा इरानबाट दुई लाख ८० हजारभन्दा बढी शरणार्थी घर फर्केका छन् । पच्चीस लाखभन्दा बढी अफगानी इरानमा शरण लिएर बसेका छन् भने त्यति नै सङ्ख्यामा अफगान नागरिक पाकिस्तानमा रहेका बताइएको छ ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्