Logo

‘बाटो’ को अङ्ग्रेजी ट्रेलर



काठमाडौँ, ९ जेठ । नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो ः रोड टु डेथ’ को अङ्ग्रेजी ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन गरिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकका रूपमा देखाइएको छ ।

काठमाडौँ फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखक तथा निर्देशन मदन थापाको रहेको छ । चलचित्रको छायाङ्कन शरण ऋषिले गरेका छन् । चलचित्र नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा तयार भइरहेको छ । चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुरक्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्माता चन्दन झा हुन् ।

प्रतिक्रिया दिनुहोस्