Logo

न्यूटन्स् बाल क्लबले वितरण गर्यो बालज्योतिका विद्यार्थीलाई शैक्षिक सामाग्री



बिर्तामोड, १७ असोज । न्यूटन्स् बाल क्लब बिर्तामोडले अर्जुनधाराका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बिर्तामोड-५ स्थित न्यूटन्स् एजुकेशनमा रहेको बाल क्लबले अर्जुनधारा-९ स्थित बालज्योति प्राथमिक विद्यालयका ६५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको क्लबकी अध्यक्ष रोनिशा दाहालले जानकारी दिइन् ।

उक्त अवसरमा पिटिए अध्यक्ष सुरेन्द्र गिरीले बाल क्लबको माध्यमबाट सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेर पठनपाठन गर्न सहयोग पुर्याएकोमा धन्यवाद दिएका थिए ।

सो कार्यक्रममा बालज्योती स्कुल व्यवस्थापन समिति अध्यक्ष बिजय कनुवार, प्रधानाध्यापक पुजा भारती, बाल क्लबका पदाधिकारी तथा कक्षा ९ का विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औंचित्य माथी प्रकाश पार्दै फोकल पर्सन मिनु शिवाकोटीले क्लबको नेतृत्वमा विद्यार्थीबाट संकलन गरेको कपि, कलम, पेन्सिल, साप्नर, ईलेजरसहित खाजा वितरण गरिएको जानकारी दिइन् ।

उक्त कार्यक्रमको सञ्चालन क्लबका सदस्य अन्स न्यौपानेले गरेका थिए ।

यसअघि पनि न्यूटन्स् स्कुलले बालज्योतीका बालबालिकालाई खेलकुद सामाग्री हस्तान्तरण गरेको थियो ।

सोही अवसरमा स्थानीय पर्यटकीय क्षेत्र सालबाडी झिल तथा नेपालको एकमात्र कछुवा प्रजनन केन्द्रको समेत अवलोकन भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्