Logo

आर्मी आहा रारा गोल्डकप च्याम्पियन



काठमाडौँ, २० माघ । त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले हराउँदै आर्मीले उपाधि जितेको हो । २०६५ सालयता पाँच पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधि जितेको हो ।

आर्मीका लागि कप्तान जिलेस्पी जंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे । उपाधिसँगै आर्मीले १२ लाख एक हजार र दोस्रो भएको थ्री स्टारले ६ लाख एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्