Logo

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मुख्यमन्त्रीमा निर्वाचित



पाकिस्तान, १४ फागुन । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् ।

पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई हराउँदै मरियम नवाज मुख्यमन्त्री बनेकी हुन् । पन्जाबमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल-एन) को एकल बहुमत छ ।

गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा सङ्घीय सरकारका लागि कुनै पनि दलको बहुमत नपुगेपछि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल-एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्