Logo

आर्थिकस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री कार्की



मोरङ, २० चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक अवस्था सुधारमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

जिल्ला सहकारी सङ्घ मोरङद्वारा आज आयोजित ६७ औँ राष्ट्रिय सहकारी दिवस-२०८० को उद्घाटनमा उनले महिलालाई स्वरोजगार, व्यवसायी र वित्तीय साक्षर बनाउने काममा सहकारीको भूमिका उल्लेखनीय भएको विचार व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले महिलाको सशक्तिकरणमा सहकारीको योगदानको चर्चा गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुगेको धारणा राखे । उनले जनताले बचत गरेको सहकारीमा अनियमिता गर्ने कार्य निरुत्साहित गर्न कानुन संशोधन गरी आवश्यक नियमन गर्नुपर्ने बताएका छन् ।

सहकारीले प्रदेशको कृषि पशुपालन एवं साना तथा घरेलु उद्योग क्षेत्र आत्मनिर्भर बनाउन आवश्यक लगानी गरी मुलुकको समृद्धि र जनताको जीवनस्तर उठाउने काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्