Logo

सभामुख घिमिरेले प्रमुख दलका नेतासँग परामर्श गर्दै



काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्ने भएका छन् ।

आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको हो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ ।

बैठक अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरुसँग छलफल गर्न लागिएको सभामुखको सचिवालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्