Logo

अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहार: पाँच जनाको मृत्यु



अस्ट्रेलिया, १ वैशाख । अस्ट्रेलियाको सिड्नीस्थित एउटा सपिङ मलमा मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा हानिएको घटनामा पाँच जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । अन्य कैयौँलाई गम्भीर अवस्थामा अस्पताल पठाइएको प्रहरीको भनाइ छ ।

आक्रमणकारीलाई सशस्त्र प्रहरीले गोली हानेर मारेको घटनास्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरी अधिकारीहरूले बताएका छन् । त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको बताइएको छ ।

उक्त आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको छ भने प्रहरीले व्यापक कारबाही गरिरहेको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले बोन्डाई जक्शनस्थित वेस्टफिल्ड मल भित्र गोली चलेको समाचार सम्प्रेषण गरेका छन् । घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा शेअर गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्