Logo

बिहान नौ बजेदेखि नै कार्यालयमा काम



काठमाडौं, १० साउन । सरकारले सबै सरकारी कार्यालय बिहान नौदेखि बेलुका पाँच बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवाग्राहीका लागि भिडभाड हुने कार्यालयमा सेवा सहज भएको छ । कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको हो । पछिल्लो समयमा सेवाग्राही बिहान नौदेखि १० बजेकै बिचमा सेवा लिन कार्यालय पुग्ने क्रम बढ्दो छ ।

खास गरी दैनिक सेवाग्राहीको चाप बढी हुने भूमि प्रशासन कार्यालय (मालपोत, नापी) यातायात, जिल्ला प्रशासन, राहदानी विभाग र स्थानीय तहमा सेवाग्राहीलाई सेवा सहज र सरल भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोटका रवीन न्यौपानेले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा भाइका लागि राष्ट्रिय परिचयपत्र बनाउन जाँदा सेवा सहज भएको अनुभूति गर्नुभयो । बिहानदेखि साँझसम्म सरकारी कार्यालय सञ्चालन गरेसँगै सेवाग्राहीका लागि सेवा सहज, सरल र छिटो भएको बुझाइ उहाँको छ ।

न्यौपानेले भन्नुभयो, “बिहान नौ बजेदेखि सेवा सुरु हुँदा दिउँसो अन्यत्रै कामका लागि जानुपर्ने सेवाग्राहीका लागि झनै सहज भएको छ । बिहानै कार्यालयमा सेवा लिन भ्याउने सेवाग्राहीले बिहानै सेवा लिनुहुन्छ । दिउँसो भ्याउनेका लागि दिउँसो पनि सेवा सहज भएको छ ।”

काठमाडौँको बुढानीलकण्ठ नगरपापालिका–४ का लक्ष्मी खत्रीले काठमाडौँ जिल्ला प्रशासन कार्यालय अन्तर्गत राहदानी वितरण शाखामा बिहान नौ बजे नै सेवा लिन जाँदा सेवा छिटो र छरितो भएको बताउनुभयो । “कार्यालय पुग्दा भिडभाड कम भएको, सेवा सहज र सरल हुँदा काम सकिनेबित्तिकै आफू अन्य व्यक्तिगत काममा जान पाएँ, त्यसले गर्दा बिहानको सेवा राम्रो लाग्यो,” उहाँले भन्नुभयो ।

राहदानी वितरण शाखाका प्रमुख जनक कोइरालाले बिहान छिटपुट मात्र सेवाग्राही आउने भए पनि बिहानको सेवाले दिउँसो सेवाग्राहीको चाप कम पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार पहिलाको तुलनामा अहिले बिहान नौ बजे अलि बढी सेवाग्राही सेवा लिन आउन थालेका छन् । बिहानदेखि नै सेवाग्राही कार्यालयमा सेवा लिन आउने हुँदा दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र छिटो दिन सकिएको छ । सरकारले गत २०८२ चैत २३ गते सोमबारदेखि शुक्रबारसम्म बिहान नौदेखि साँझ पाँच बजेसम्म सबै सरकारी कार्यालय खोल्ने र शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

दिउँसो सेवाग्राहीको चाप कम

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सरकारले बिहान नौ बजेदेखि सेवा सञ्चालन गरेकाले अहिले प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवाग्राही चाप भने बिहानदेखि नै हुने गरेको बताउनुभयो । “सुरु सुरुमा त कम मात्र सेवाग्राही बिहान नौ बजेआउनुहुन्थ्यो, गोरखापत्र दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्