Logo

सनसनीपूर्ण जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश, सुपर-८ बाटै बाहिरियो अष्ट्रेलिया



 

काठमाडौं, ११ असार । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर ८ को अन्तिम खेलमा विजयी बन्दै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बंगलादेशलाई डीएलएस मेथर्डमा ८ रनले पाखा लगाउँदै सेमिफाइनलको टिकट काटेको हो ।

यता बंगलादेशले हारेसँगै उपधि दावेदार मानिएको अष्ट्रेलिया भने सुपर ८ बाटै घर फर्किएको छ ।

अफगानिस्तानले दिएको ११५ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भयो । उसका लागि ओपनर लिटल दासले अर्धशतकीय पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । ४९ बलको सामना गरेका उनले ५ चौका र १ छक्काको मद्दतमा ५४ रन जाडे । बंगलादेशलाई निरास बनाउँदै अष्ट्रेलियालाई सुपर ८ बाटै घर फर्किाउनेक्रममा अफगानिस्तानका नभिन उलहक र रासिद खानले समान ४ विकेट चट्काए ।

यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।

बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एकरएक विकेट लिए ।

यो सुपर९८ को अन्तिम खेल हो । यो समूहबाट इन्डिया सेमिफाइनल पुगिसकेको छ। भने अर्को समूह २ बाट साउथ अफ्रिका र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्